पोखरा – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले ग्राहकको भेषमा पोखराका बजारमा छड्के अनुगमन गरेका छन् ।
शुक्रबार साँझ निलो डाउन ज्याकेट, कालो पाइन्ट र स्पोर्ट जुत्ता लगाएर उनी छड्के अनुगमनका लागि पुगेका हुन् । डिपार्टमेन्टल स्टोरमा छिरेर उनले सामानको उपलब्धता, सामानको मूल्य, उत्पादन मिति र उपभोग्य मितिबारे जिज्ञासा राखेका थिए ।
उनले बढी मूल्य लिने पसलेहरुलाई वार्निङ दिएका थिए । नुन, तेल लगायतका सामानहरुमा बढी मूल्य लिएको पाएपछि मन्त्री भट्टले एक पटकलाई चेतावनी दिएका हुन् ।
पछिल्लाे समय कोरोना भाइरसको महामारी फैलिरहेका बेला कालोबजारी पनि मौलाउँदै गएको छ । सरकारले कालोबजारी रोक्नका लागि अनुगमन कार्यलाई तिव्रता दिएको छ ।




प्रतिक्रिया