कमी कमजोरी सच्याउँदै अघि बढ्छौँः उद्योगमन्त्री भट्ट

कमी कमजोरी सच्याउँदै अघि बढ्छौँः उद्योगमन्त्री भट्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नवनियुक्त उद्योग वाणिज्‍य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आफूले अध्ययन र अनुभवका आधारमा काम गर्ने बताएका छन् ।

बिहीबार मन्त्रीको शपथग्रहणलगत्तै मन्त्रलयको कार्यभार सम्हाल्ने क्रममा मन्त्री भट्टले अहिलेको आवश्‍यकताअनुसार काम गर्ने बताएका हुन् ।

विचार गरेर हिजोकै कामलाई निरन्तरता दिइने र कमी कमजोरी सच्याउँदै जाने पनि उनले बताए । हिजोका सोच, चिन्तन र कार्यशैलीहरू पुराना भइसकेको हुनाले नयाँ अनुभव संविधानको अधिकार र नियम कानुनअनुसार अघि बढ्ने उनले बताए ।

उनले भने, विचार गरेर हिजोकै कामलाई निरन्तरता दिने हो । कमी कमजोरी भए सच्याउँदै संविधानको अधिकार र नियम कानुनअनुसार अघि बढ्छौँ ।’