बल्खु र कालीमाटी तरकारी बजारमा मन्त्री भट्टको छड्के

बल्खु र कालीमाटी तरकारी बजारमा मन्त्री भट्टको छड्के

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बल्खु र कालीमाटी तरकारी बजारको अनुगमन गरेका छन् ।

भारतले प्याज निर्यातमा रोक लगाएको मौका छोपेर व्यापारीहरुले चर्को मूल्यमा प्याज बिक्रि भइरहेको जानकारी पाएपछि मन्त्री भट्टले छड्के निरीक्षण गरेका हुन् ।

मन्त्री भट्टले बल्खु र कालीमाटीमा सेवाग्राही बनेर प्याज किनेका थिए । व्यापारीहरुले एक केजी प्याजको एक सय १० रुपैयाँसम्म लिएका छन् । केही दिनअगाडिसम्म ७५ रुपैयाँ किलो बिक्री भइरहेको प्याजको मूल्य आकाशिएको हो ।