सम्पर्कविहीन चिनी उद्योगी सम्पर्कमा आए, किसानले पैसा पाउँछन् : उद्योगमन्त्री भट्ट

सम्पर्कविहीन चिनी उद्योगी सम्पर्कमा आए, किसानले पैसा पाउँछन् : उद्योगमन्त्री भट्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले डेढ साताभित्रै चिनी उद्योगीले उखु किसानको पैसा दिने प्रतिवद्धता गरेको बताएका छन् ।

मंगलबार उद्योग मन्त्रालयमा भएको छलफलमा उद्योगीले किसानको पैसा दिने प्रतिबद्धता गरेको मन्त्री भट्टले जानकारी दिए ।

‘अन्नपूर्ण र महालक्ष्मी सुगर मिल्सका मालिक राकेश अग्रवाल र वीरेन्द्र कनौडियाले एक/डेढ साताभित्र पैसा दिने मसँग प्रतिवद्धता गरेका छन्,’ मन्त्री भट्टले भने ।

मन्त्री भट्टका अनुसार लुम्बिनी सुगर मिल्सका मालिकको मृत्यु भएकाले उनको परिवारसँग सम्पर्क गराइदिन मन्त्रालयले गृहलाई भनेको छ ।

श्रीराम सुगर मिल्स अहिले बन्द छ । मिल मालिकले मिल सञ्चालनमा ल्याएर बैंक र किसान दुबैको पैसा दिने भनी मन्त्रालयमा पत्र लेखेको मन्त्री भट्टले जानकारी दिए ।

मन्त्री भट्टले किसानको समस्या जसरी पनि हल हुने बताए । उखुको भुक्तानी नदिनेलाई पक्राउ गर्न गृहले पत्राचार गरेको थियो ।