तत्काल पेट्रोलियम पदार्थको विकल्प खोज्न सकिँदैनः उद्योगमन्त्री भट्ट

तत्काल पेट्रोलियम पदार्थको विकल्प खोज्न सकिँदैनः उद्योगमन्त्री भट्ट


काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले तत्काल पेट्रोलियम पदार्थको विकल्प खोज्न नसकिने बताएका छन् । नेपाल आयल निगमको ५०औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री भट्टले धेरै स्थानमा विद्युतिकरण नभएकाले पेट्रोलियम पदार्थको विकल्प खोज्न नसकिने बताएका हुन् ।

मुलुक विद्युतमा आत्मनिर्भर बन्न अगाडि बढिरहेको अवस्थामा अझै मुलुकका धेरै स्थानमा विद्युतीकरण नभएको र पेट्रोलियम पदार्थको विकल्प तत्काल सम्भव नभएको उनले बताए । अमेरिका जस्ता विकसित मुलुकलाई समेत पेट्रोलियम पदार्थको आवश्यकता पर्ने गरेको बताउँदै उनले नेपाललाई चाँहिदैन भन्ने नभएको बताए ।

पहाडीवस्ती र तराईका केही वस्तीमा अझै पनि विद्युतीकरण हुन नसक्दा अहिले पनि टुकी बाल्नुपरेको प्रशंग उल्लेख गर्दै मन्त्री भट्टले तत्काल पेट्रोलियम पदार्थको विकल्प खोज्न नसकिने बताएका हुन् । आयल निगमले अब आफ्नो बाटो परिवर्तन गरेर मुनाफा लिने ठाउँमा समेत लगानी गर्नेतर्फ छलफल चलाउनुपर्ने उनले बताए ।

उद्योगीले लगानी डुब्छ की भनेर चिन्ता गरिहाल्नु पर्ने अवस्था नभएको र निगमले हरेक काममा साझेदार सहयोगी बनाएर अगाडि बढ्ने विश्वास मन्त्री भट्टले दिलाए ।

निगमको स्वर्ण जयन्तीका अवसरमा कर्मचारीलाई प्रोत्साहनस्वरूप एक महिनाको तलब बराबरको रकम प्रदान गरिएको थियो ।