दाहालले सभामुखको कार्यशैलीमा प्रश्न उठाएपछि सूर्य थापाको नियमापत्ति


काठमाण्डु- नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले रोष्ट्रमबाटै सभामुखको आलोचना गरेका छन् । दाहालले रोष्ट्रमबाटै सभामुखको आलोचना गरेपछि नेकपा एमालेका सांसद सूर्य थापाले नियमापत्ति जनाएका हुन् ।

बुधबार बजेटमाथिको छलफलमा बोल्दै सांसद दाहालले अवरूद्ध संसद खुलाउन प्रतिपक्षीको माग अनुसार प्रधानमन्त्री जवाफ दिन रोष्ट्रममा उभिँदा सभामुखले नै नियमावलीविपरित प्रधानमन्त्रीलाई रोकेर प्रतिपक्षी सांसदहरूलाई बोल्न दिएको भन्दै आक्रोश पोखेका थिए ।

उनले सभामुखलाई नियमावलीमा रहेर सदन चलाउन अनुरोध गरेपछि सूर्य थापाले नियमापत्ति जनाउँदै सभामुखको आलोचना गर्न नपाइने बताए। ‘२१ (ख)मा सभामुखको आचरणको आलोचना गर्न नहुने भनेर स्पष्ट लेखिएको । गर्न पाइन्छ कि पाइँदैन। बजेट वक्तव्यमाथि छलफलमा भाग लिन रोष्ट्रममा जानुभएको हो कि । कहिले पित्तल लिएर जानुहुन्छ, कहिले चाँदी लिएर जानुहुन्छ, कहिले प्रधानमन्त्रीको वकिल भएर जानुहुन्छ।’, थापाले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement