प्रचण्डलाई लेखराजकाे सुझाव: सच्चिएर आउनुस्, नेकपामा ढोका खुला छ

प्रचण्डलाई लेखराजकाे सुझाव: सच्चिएर आउनुस्, नेकपामा ढोका खुला छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रचण्डले देशलाई कहाँ पुर्‍याउन खोजेको भन्दै प्रश्न गरेका छन् ।

झापाको कमल गाउँपालिकामा आयोजित चीन नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री भट्टले भारतलाई सहज हुनेखाले सरकार बनाउनुपर्ने प्रचण्डको भनाइप्रति आपत्ति जनाएका हुन् ।

केही दिनअघि विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु, कांग्रेस र जसपा मिलेर भारतलाई सहज हुनेखाले सरकार बनाउनुपर्ने अभिव्यक्ति दिएका थिए ।

मन्त्री भट्टले प्रश्न गर्दै भने, ‘उहाँले प्रचण्ड गुट, कांग्रेस र जसपा मिलेर भारतलाई सहज हुने सरकार बनाउने भन्नुभएछ, होइन प्रचण्डले देशलाई कहाँ पु¥याउन खोजेको ?’

मन्त्री भट्टले प्रधामन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले इतिहासमा कसैले नगरेका काम गरेकाले राष्ट्रवादी नेता पनि ओलीनै रहेको बताए ।

सरकारलाई काम गर्न अवरोध गर्ने पार्टीभित्रको प्रतिपक्ष अहिले सडकमा पुगेको भन्दै उनले सच्चिएर आए नेकपामा ढोका खुला रहेको बताए । उनले भने, ‘सच्चिएर आउनुस, नेकपामा ढोका खुला छ ।’