कैलाली – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् । धनगढी विमानस्थलमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा शुक्रबार बोल्दै मन्त्री भट्टले सुदुरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने बताए ।
‘हामी नेतृत्वमा रहेका व्यक्तिहरू अहिले आएका छौँ। छलफल गर्छौँ। पार्टीले छलफलपछि एउटा निष्कर्ष निकाल्छ। आम जनताको राय पनि त्यस्तै छ यो प्रदेश सरकारले गति लिन सकेन, अब चाहिँ यसलाई परिवर्तन गर्नुपर्छ ।’
सुदुरपश्चिममा माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट मुख्यमन्त्री छन् । उनलाई एमालेको समर्थन रहेको छ । मन्त्री भट्टले एमालेमा नेपाल पक्षलाई मागिएको स्पष्टीकरणको उत्तरपछि मात्र कारबाहीको प्रक्रिया अगाडि बढ्ने बताए ।




प्रतिक्रिया