लेखराज भट्टले भने ‘केन्द्रका नेताहरुले हाम्रो अन्र्तविरोधको फाइदा उठाए ’


अत्तरिया –नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य लेखराज भट्टले दुई बाम पार्टीको एकताले जनतामा नयां उत्साह थपिएको बताएका छन । पार्टी एकता पछी शनिवार पहिलो पटक आफ्नो गृह क्षेत्र पुगेका नेता भट्टले आफ्नै निवासमा शुभकामना दिन आएका नेता कार्यकर्तालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन ।

पूर्व मन्त्री समेत रहेका नेता भट्टले अब माओबादी –एमाले बिघटन भईसकेकोले कार्यकर्तालाई गुट–उपगुटमा नलागी एक ढिक्का भएर अधि बढ्न निर्देशन दिए ।

‘सात नम्बर प्रदेशमा पूर्व एमालेमा पनि गुट उपगुट र माओबादीमा पनि गुटउपगुट थिए,अहिले पनि फेरी त्यही प्रवृती र पात्रले खेल्न खोज्दैछन’, उनले भने ‘अब बिघटन भएका दुबै पार्टीका गुटउपगुट भत्काएर नया ढंगले पार्टीलाई अगाडी बढाउनुपर्छ । ’

नेता भट्टले पार्टीका माथिल्ला कमिटीमा सात नम्बर प्रदेशबाट सहभागिता हुन नसक्नु आफुहरु भित्रको कलहको परिणाम भएको बताए ।

भट्टले बिगतको जस्तै गुटउपगुट बनाईराख्ने हो भने केन्द्रका नेताहरुले पनि आफुहरु माथि खेलिराख्ने र एक ठाउमा आउन नदिने खेल दोहरिनेतर्फ सचेत रहन कार्यकर्तालाई निर्देशन दिए । नेता भट्टलाई गेटा बिमानस्थलबाट पार्टीका नेता कार्यकर्ताले स्वागत गर्दै निवास सम्म पुर्याएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement