काठमाडौं– नेकपाका स्थायी समिति सदस्य लेखराज भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने बताएका छन् । प्रधानमन्त्री ओली नेतृत्वको सकारमा उद्योग, बाणिज्य तथा आपुर्तिमन्त्री भट्टले पार्टीभित्र अहिले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको बिकल्प खोज्न नसकिने बटमलाइन सुनाएका हुन् ।
मन्त्री भट्टले काठमाडौंपाटीसंग कुरा गर्दै आफु सत्यको पछि लाग्ने व्यक्ती भएको भन्दै आफुले प्रधानमन्त्री ओलीलाई सहयोग गर्ने स्पष्ट पारेका हुन् । उनले पार्टी फुटाउने कुरामा आफुले सहयोग गर्न नसक्ने बताए ।उनले भने ‘हिजो पार्टी एकताको समय भएको छैन् भन्दा एकता गर्ने, एकता नटुंगदै अर्को खेलमा लाग्ने र अहिले फेरी सरकार ढालेर अस्थिरता ल्याउन खोज्ने यस्मा मेरो समर्थन हुंदैन । ’
मन्त्री भट्टले स्थायी समिति बैठकले प्रधानमन्त्री ओलीलाई हटाउन नसक्ने यदी जर्वजस्ती हटाउन खोजे दुर्भाग्यपुर्ण कमद हुने चेतावनी समेत दिए । नेता भट्ट सुदुरपश्चिमबाट प्रतिनिधित्व गर्ने पुर्व माओवादीका सबैभन्दा उच्च तहका नेता हुन् ।
उनिसंग पुर्व माओवादीको ठुलो पंक्ति साथमा रहेको छ । प्रचण्ड निकट नेताका रुपमा चिनिएका नेता भट्ट नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले सुदुरपश्चिमका अर्का नेता भिम रावललाई नजिक राखेपछि असन्तुष्ट रहंदै आएका छन् । नेता भट्टले प्रचण्डलाई निरन्तर सहयोग गर्दै आएका थिए ।
अध्यक्षको हैसियतले नेकपाका अध्यक्ष प्रचण्डले आफुलाई मन्त्री छोड भने पनि पद छोड्न तयार रहेको भन्दै उनले सत्यको पक्षमा भने लाग्न नछोड्ने प्रतिवद्धता जनाए । प्रधानमन्त्री ओलीले सोमबार सांझ आफु निकट सांसदहरुलाई बालुवाटारमा बोलाइएको भेलामा समेत नेता भट्ट सहभागी भएका थिए ।
काठमाडौंपाटीले तपाई भेलामा सहभागी भएको हो भनेर सोधेको प्रश्नमा आफुले प्रधानमन्त्रीलाई भेटेको र आफ्नो कुरा स्पष्ट रुपमा राखेको बताए ।उनले अध्यादेश फिर्ता भइसकेपछि अवस्थामा प्रधानमन्त्रीको राजीनामा दिने बहसको कुनै औचित्य नरहेको पनि प्रष्ट परे ।




प्रतिक्रिया