कैलालीको चुरेमा उद्योगमन्त्री भट्टद्धारा कम्मल वितरण

कैलालीको चुरेमा उद्योगमन्त्री भट्टद्धारा कम्मल वितरण


कैलाली – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कैलालीको चुरे गाउँपालिकाकामा कम्मल वितरण गरेका छन । गाउँपालिकाका अन्तर्गतका ३ सय अशक्त, जेष्ठ नागरिक र गरीव परिवारलाई मन्त्री भट्टले कम्मल वितरण गरेका हुन ।

कम्मल बितरण गर्दै मन्त्री भट्टले चिसो मौसममा राहत पुगोस् भनेर कम्बल वितरण गरेको बताए । ‘गाउँमा आमा बुवाहरुलाइ भेट गर्न आउँदा सामान्य कोसेली लिएर आएको छु । भोलीका दिनमा आउँदा विकास लिएर आउने छु ।’ मन्त्री भट्टले भने – ‘अहिलेका युवाहरुमा जेष्ठ नागरिकलाई सम्मान गर्न छोडेर हेला गर्ने संस्कारको विकास भइरहेको छ । त्यसैले उनीहरुलाई संस्कार सिकाउने उद्देश्यले पनि आफूले कम्बल वितरण गरेको बताए ।’
उनले आफू मन्त्री भएपछि एक गाउँ एक उद्योगको अवधारणा ल्याएको र चुरे गाउँपालिकामा सुन्तला खेती प्रवद्र्धन र कफि खेतीको विकास गर्ने बताए ।