लेनिन विष्टको पक्षमा सर्वोच्चको फैसला, विदेश जाँदा पूर्व स्वीकृति लिनु नपर्ने

लेनिन विष्टको पक्षमा सर्वोच्चको फैसला, विदेश जाँदा पूर्व स्वीकृति लिनु नपर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – तत्कालीन माओवादी जनसेनाका अयोग्य लडाकू लेनिन विष्टलाई विदेश भ्रमणमा जान सरकारले गरेको रोकलाई सर्वोच्च अदालतले उल्ट्याइदिएको छ ।

सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले विदेश भ्रमणमा जाँदा पूर्व स्वीकृति लिनु नपर्ने फैसला गरेको हो ।

पूर्वबालसेनाका अध्यक्ष समेत रहेका विष्टलाई थाइल्याण्डमा एक कार्यक्रममा जाने क्रममा २०७५ भदौ ८ गते अध्यागमन कार्यालयले रोकेको थियो ।

आवतजावतमा रोक्ने कार्य गैरकानूनी भएको भन्दै विष्ट अदालत गएका थिए । गृह मन्त्रालयलाई विपक्षी बनाइएको रिटमा विष्टको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, अधिवक्ता ओमप्रकाश अर्याल लगायतले बहस गरेका थिए ।