एलजीले ल्यायो किटाणु नष्ट पार्ने फिल्टरका साथ नयाँ एसी बजारमा

एलजीले ल्यायो किटाणु नष्ट पार्ने फिल्टरका साथ नयाँ एसी बजारमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एलजीको आधिकारीक विक्रेता सि.जी. इम्पेक्स प्रालीले एन्टी भाईरस फिल्टर भएको एलजीको एसी नेपाली बजारमा ल्याएको छ । एन्टी भाईरस फिल्टरले भित्री वातावरणको किटाणुहरुलाई नष्ट गरि ताजा वातावरण बनाउने कम्पनीले जनाएको छ । एन्टी भाईरस फिल्टरले इन्डिपेन्डेन्ट ल्याबबाट किटाणु नष्ट पार्ने प्रमाणपत्र समेत प्राप्त गरेको छ ।

साथै यस ए.सीमा फोरइन्न वान कन्र्भटेबल मोड रहेको छ, जसले ए.सी. लाई ४०%, ६०%, ८०% र १००% अर्थात मान्छे धेरै हुदाँ पुर्ण सम्भावनामा चलाउने र कम हुँदा त्यही हिसाबले चलाउन सकिने उत्कृष्ट विशेषता हरेको हुनाले विद्युत कम खपत गरि पैसा पनि बचत गर्दछ ।

यस ए.सि.मा डुवेल इन्भटर कम्प्रेसर रहेको छ जसले गर्दा रोटरको गतिलाई नियन्त्रण गर्छ र उच्चगति र कमगतिमा स्थिर भएर काम गर्छ जसले गर्दा यसको आवाज एकदमै कम आउनुका साथै जसले ७०% सम्म विजुली खपत पनि गर्दछ ।

यस एल.जी.को ए.सी.मा रहेको ब्ल्याक फिन टेक्नोलोजिजसले धुलो, आद्र्रता, बालुवा, पानी, खिया लाग्नबाट बचाउँछ, जसले गर्दा ए.सी.को आयु बढाउनुका साथै लामो समय सम्म चल्दछ । एल.जी.को ए.सी.ले ४०% चाडो चिसो वातातो बनाउँदछ साथै वातावरण मैत्रिआर ३२ ग्याँस रहेको छ र साथै १० वर्षको वारेण्टी पनिरहेको छ ।

अहिले नयाँवर्षको अफरमाएल.जी.को ए.सी. किन्दा ४ हजार बराबरको निशुल्क ए.सी.जडानको व्यवस्था रहेको कम्पनीले जनाएको छ ।