काठमाण्डु – संसारको सबैभन्दा ठूलो उपभोक्ता इलेक्ट्रोनिक्स सम्पादकीय संगठन (आइसा)ले एलजीका तीन टिभीलाई सम्मान गरेको छ ।उत्पादनहरुको उत्कृष्ट प्रदर्शन र उत्कृष्ट डिजाइनका आधारमा एलजीका तीन टिभी आइसा अवार्डले सम्मानित भएका हुन् ।
सम्मानित हुनेमा एलजी ओलेड टिभी, एलजी क्युनेड मिनी एलईडी टिभी र एलजी इक्लेयर साउन्डबार रहेको कम्पनीले जनाएको छ । एलजीको ६५ इन्चको जी १ ओलेड टिभीलाई आइसाले सर्वश्रेष्ठ प्रिमियम ओलेड टिभी २०२१–२०२२ नाम दिएको छ ।
‘एलजी ओलेड टिभीको लागि यो लगातार १०औँ वर्षको प्रशंसाको प्रतीक हो’, कम्पनीले विज्ञप्ति जारी गर्दै भनेको छ । त्यस्तै, एलजीको ४८ इन्चको सी १ ओलेड टिभीले आइसाकै पहिलो सबैभन्दा राम्रो गेमिङ टिभी अवार्ड जितेको कम्पनीले जनाएको छ ।
यो वर्षको आइसा ८ के टिभी सम्मान एलजी क्युनेड मिनी एलईडी टिभीले प्राप्त गरेको छ । यसले अधिक विवरण र अधिक सटिक रंगहरु प्रदान गर्दछ । साउन्डबार श्रेणीमा एलजी इक्लेयरले आइसा साउन्डबार इन्नोभेसन अवार्ड जितेको छ ।
एलजीको लागि पहिलो आइसा इन इयर हेडफोन्सको कोटीमा एलजी टोन फ्रि इयरबड्सले उत्कृष्ट ध्वनिको लागि एक जित पाएको र यसका उन्नत सुविधाहरु अन्य कुनै टीडब्ल्यूएस उत्पादनमा नभएको कम्पनीले दाबी गरेको छ ।




प्रतिक्रिया