काठमाण्डु – एल.जी.नेपालको आधिकारीक वेवसाईट सार्वजनिक भएको छ । सि.जी. इलेक्ट्रोनिक्सले एल.जी. नेपालको आधिकारीक वेवसाईट सार्वजनिक गरेको हो ।
यो वेबसाईट मार्फत उपभोक्ताले एल.जी. को घरायसी उत्पादनहरुको बारेमा जानकारी साथसाथै तुलना पनि गर्न सक्नेछन् । यस वेबसाईटमा उपभोक्ताहरुले मुल्य, विशेषता, वारेण्टी र कम्पनिले दिने छुटको बारेमा जानकारी पाउँन सक्ने कम्पनीले जनाएको छ ।
एल.जी.को कुनै पनि नयाँ उत्पादन आएको र सो को विशेषता यस वेबसाईटबाट प्राप्त गर्न सकिनेछ । एल.जी. को उत्पादनहरुमा आएको समस्या मर्मत र वारेन्टी दाबीका साथै अन्य सेवाहरु यस वेबसाईट बाट दर्ता र प्राप्तगर्न सकिनेछ ।
अब ग्राहकहरुलाई उत्पादन हेर्न तथा उत्पादनको विशेषता बुझ्न भौतिक पसलमा जान आवश्यक नपर्ने र विना कष्ट सजिलै सम्पूर्ण जानकारीका साथै आफुलाई चाहिने एल.जी.का उत्पादनहरु बुक पनि गर्न सकिनेछ ।
यस वेबसाईटले एल.जी.का सबै उत्पादनहरु जस्तै एल.ई.डि टि.भी, रेफ्रिजेरेटर, वासिङ मेसिन, ए.सि., एयर प्युरिफायर, भ्याकुमक्लिनर, माइक्रोवेभ वोभन, कन्डेन्सर ड्रायरहरु को बारेमा सम्पूर्ण जानकारी प्रदर्शन गर्दछ ।
उपभोक्ताहरुले आफ्नो नजिकैको एल.जी. को शोरुम पनि यस वेबसाईटमा रहेको स्टोर लोकेटर मार्फत सजिलै पत्तालगाउनर सम्पर्क गर्न सक्नेछन् ।
अन्यपनि धेरै विशेषताको साथै उपभोक्ताहरुको जिवनशैली सरल बनाउने लक्ष्यका साथएल.जी.नेपाल डट कम वेबसाईट ल्याएको र यसले एल.जी.का ग्राहकलाई अझ धेरै सुविधा प्राप्त हुने विश्वास लिएको कम्पनिले जनाएको छ ।




प्रतिक्रिया