काठमाडौं – एल.जी. ले कन्डेन्सर ड्रायर नेपाली बजारमा ल्याएको छ । नेपाली बजारमा एल जी ब्राण्डका सवार्धिक विक्रीहुने मेसिन वासिङ्ग मेसिन हो । उपभोक्ताको मागध्यानमा राखि एल.जी.ले कन्डेन्सर ड्रायर नेपाली बजारमा ल्याएको हो ।
यस कन्डेन्सर ड्रायरमा सेन्सर ड्रायर टेक्नोलोजि छ, जसले लुगामा भएको ओसलाई पत्तालगाएर सहि तापक्रम र समय छनौट गरेर कपडालाई सुकाउँछ । साथै यसमा ठूलो ड्रमको क्षमता रहेको छ ,जसमा धेरै लुगाहरु एकै चोटीमा सुकाउन सकिन्छ । ¥याकनिर्मित भएकोले नाजुक कपडा, कपडाको खेलौना साथै जुक्ताहरु नघुमाईकन सुकाउँदछ ।
ट्रु स्टिम र २ वे टम्बिलिङ टेक्नोलोजिले किटाणु रहितबनाउनुका साथै कपडाहरु खुम्चिनबाट बचाउँछ । यस कन्डेन्सर ड्रायरलाई आफ्नो घरमा रहेको एल.जीको वासिङ्ग मेसिन सँगै सजिलै जडान गर्न सकिन्छ । साथै एल.जी.सँग वासर ड्रायर भएको वासिङ्ग मेसिनपनिउपलब्ध छ, जस्ले कपडा धुनुका साथ साथै १०० प्रतिशत सुकाउछ । यस वासर ड्रायरको माग यस चिसोको मौसमा बढदै आएको छ ।




प्रतिक्रिया