चीनको ल्हासा नगरले दियो काठमाण्डु महानगरलाई २ थान ‘कम्प्रेस्ड गारवेज ट्रक’


काठमाण्डु – चीनको ल्हासाले काठमाण्डु महानगरलाई २ थान कम्प्रेस्ड गारवेज ट्रक दिएको छ । काठमाण्डु महानगरपालिकाको चिनियाँ भगिनी नगर ल्हासाले असोज १ गते पत्र लेख्दै २ वटा कम्प्रेस्ड गारवेज ट्रक उपहार पठाएको जानकारी दिएको थियो ।

पत्रमा भनिएको छ, ‘नदी र हिमालयले जोडिएका हामी दुई नगर आपसको हित चिताउँछौं । हामी काठमाण्डुको वातारण सफा र स्बच्छ होस् । सरसफाइ राम्रो होस् भन्ने चाहन्छौं । त्यसैले २ वटा कम्प्रेस्ड गारवेज ट्रक उपहार पठाएका छौं ।’

ट्रक प्राप्त भएपछि काठमाण्डु महानगरका प्रमुख विद्यासुन्दर शाक्यले, काठमाडौं महानगर र काठमाण्डु महानगरबासीकातर्फबाट ल्हासा नगर र त्यहाँका जनताप्रति आभार व्यक्त गरेका छन् । ती दुई ट्रकको मूल्य १० लाख ६० हजार युआन (करीब १ करोड ९० लाख रुपैयाँ) पर्ने बताइएको छ ।

ल्हासाबाट पैदल मार्गबाट ल्याइएका ट्रकहरु मंसिर १४ गते साँझ खासा मितेरी पुल ल्याइपु¥याइएको थियो । १५ गते ल्हासा नगरको अन्तरराष्ट्रिय मामिलाका अधिकारीहरुले काठमाण्डु महानगरको अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयलाई हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement