ली छ्याङ औपचारिकरुपमा चीनको नयाँ प्रधानमन्त्री निर्वाचित

ली छ्याङ औपचारिकरुपमा चीनको नयाँ प्रधानमन्त्री निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेइजिङ – राष्ट्रपति सी जिनपिङद्वारा चीनको नयाँ प्रधानमन्त्रीका रूपमा मनोनित ली छ्याङलाई संसद्ले औपचारिक रूपमा निर्वाचित गरेको छ। ली छ्याङ चीनको सबैभन्दा ठूलो सहर शाङ्घाईको कम्युनिष्ट पार्टीका पूर्व नेता हुन्।

६३ वर्षीय ली छ्याङले नेसनल पिपुल्स कंग्रेसमा २,९०० भन्दा बढी प्रतिनिधिहरूबाट लगभग हरेक भोट प्राप्त गरे। लीले कुल २,९३६ मत प्राप्त गरे । केवल तीन प्रतिनिधिहरूले उनको नियुक्तिको विपक्षमा मतदान गरे भने आठ जना अनुपस्थित थिए। राष्ट्रपति सीका नजिकका सहयोगी मानिने उनी व्यावहारिकवादी मानिन्छन् ।