इटाली हिडेका नेपालका सन्तोष श्रेष्ठ लिबियाँको युद्धमा मारिए


काठमाडौं – युरोपेली मुलुक इटाली हिँडेका एक नेपाली युवा लिबियाको युद्धमा मारिएका छन् ।

मानव तस्करको चङ्गुलमा परेर युद्धग्रस्त अफ्रिकी देश लिबियाँ पुगेका २७ वर्षीय सन्तोष श्रेष्ठको रात्रि आक्रमणमा परी मृत्यु भएको त्रिपोलीस्थित अन्तर्रा्ष्ट्रिय आप्रवास सङ्गठन (आइओएम) लाई उद्धृत गर्दै कायरोस्थित नेपाली दूतावासले जनाएको छ ।

आक्रमणमा परी नेपाली युवा श्रेष्ठसहित ४० जनाको ज्यान गएको छ भने ८० भन्दा बढी घाइते भएका छन् ।

यही असार १७ गते आक्रमण भएको हो । घाइते श्रेष्ठको उपचारको क्रममा निधन भएको हो । नेपाली मृतक श्रेष्ठका बारेमा थप विवरण प्राप्त नभएको उक्त दूतावासले बताएको छ ।

त्रिपोलीमा रहेका श्रेष्ठलाई उद्धार गरी नेपाल फर्काउन दुई दिनअघि मात्र यात्रासम्बन्धी कागजात पठाउन आइओएमले नेपाली दूतावासलाई पत्राचार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement