काठमाण्डु– यातायात व्यवस्था विभागले ६ महिनाभित्र २६ लाख सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रिन्ट गर्ने भएको छ । ६ महिनाभित्र छाप्न बाँकी २६ लाख लाइसेन्स प्रिन्ट गर्ने भएको हो ।
विभागको मेसिनले ५ लाख र बाँकी २६ लाख थान सुरक्षण मुद्रण केन्द्रले छपाइ गर्नेछ ।
हाल अत्यावश्यक परेकाहरूको ५ सय लाइसेन्स छापिँदै आएको छ । यो सँगै नयाँ ट्रायल र नवीकरणका लागि आवेदन दिएकाहरूले अब एकैपटक लाइसेन्स पाउने भएका छन् ।
असार मसान्तबाट सुरु गर्ने गरि सुरक्षण मुद्रण केन्द्रलाई लाइसेन्स छाप्न दिने समझदारी भएको थियो ।
अब आउने लाइसेन्समा उच्च सुरक्षासहितको क्यूआर कोड राखिनेछ । विदेश जाने प्रयोजनका लागि ुचिपुसहितको लाइसेन्स भने यातायात विभागले नै छाप्नेछ ।




प्रतिक्रिया