काठमाण्डु- पनौतीको सुरक्षण मुद्रण केन्द्रबाट सवारी चालक अनुमतिपत्रको छपाई शुभारम्भ भएको छ।
जेनजी आन्दोलनपछि रोकिएको सवारी चालक अनुमतिपत्र छपाईलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार बटम थिचेर शुभारम्भ गरेका छन्।
पहिलो चरणमा यातायात व्यवस्था विभागले दिएको १२ लाख सवारीचालक अनुमति पत्र छपाइ गरिनेछ भने केन्द्रमा सुरुमा दैनिक ५ सय प्रति सवारीचालक अनुमतिपत्र छापिनेछ।
कार्यकारी निर्देशक ढुंगानाका अनुसार आजकै मितिदेखि नागरिकता, अन्तस्शुल्क स्टिकर, हुलाक टिकट, लालपूर्जा र भिषा स्टिकर छपाइ गर्न सकिनेछ। सुरक्षण मुद्रण केन्द्रमा हालसम्म झण्डै तीन अर्ब रुपैयाँ लगानी भएको छ।









प्रतिक्रिया