३ महिनामा छापियो २ लाख ३८ हजार लाइसेन्स, ९० हजार वितरण

३ महिनामा छापियो २ लाख ३८ हजार लाइसेन्स, ९० हजार वितरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बितेका तीन महिनामा यातायात व्यवस्था कार्यालयले ९० हजार थान सवारीचालक अनुमतिपत्र वितरण गरेको छ ।

यसबाट राज्यकोषमा १९ करोड ८२ लाख दाखिला भएको छ । उक्त अवधिमा २ लाख ३८ हजार लाइसेन्स छापिएकामा ९० हजार सेवाग्राहीलाई प्रदान गरिएको उक्त कार्यालयका प्रमुख प्रविण श्रेष्ठले जानकारी दिए ।

हाल दैनिक एक हजारदेखि एक हजार ८०० सेवाग्राहीलाई अनुमतिपत्र प्रदान हुँदै आएको छ ।

लाइसेन्स छपाइका लागि यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबिच दुई चरणमा सम्झौता भएको थियो ।

पहिलो सम्झौता अनुसार २०८३ वैशाख १२ गतेभित्र १२ लाख सवारी लाइसेन्स छापिसक्नुपर्ने थियो, जुन शतप्रतिशत सम्पन्न भइसकेको छ ।

दोस्रो सम्झौताअनुसार थप १७ लाख थान लाइसेन्स २०८३ असार मसान्तभित्र छपाइ सम्पन्न गर्नुपर्नेमा २५ लाख ९२ हजार ४१७ थान लाइसेन्सको छपाइ कार्य सम्पन्न भइसकेको छ ।