काठमाण्डु – यातायात व्यवस्था विभागले समयमै काम गर्न नसक्दा सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) प्रिन्ट रोकिएको छ । प्रिन्ट कार्डका अभाव भएपछि सवारी चाकल अनुमतिपत्र (स्मार्ट लाइसेन्स) प्रिन्ट रोकिएको हो ।
टेन्डर प्रक्रियादेखि नै ढिलाइ गरेको विभागले प्रिन्ट कार्ड सकिएपछि मेसिन बन्द गरेको जनाइएको छ । त्यसकारण अति आवश्यक भएका विदेश जानेहरूलाई मात्र लाइसेन्स उपलब्ध गराइएको छ ।
लाइसेन्स नवीकरण गर्न दिएका र नयाँ लाइसेन्स कुरिरहेका सेवाग्राहीको सङ्ख्या सात लाख रहेको छ । उनीहरूले राजस्व बुझाइसकेका छन् तर सेवा पाउन सकेका छैनन्। विगत छ, वर्षदेखि विभागले मागअनुसार लाइसेन्स वितरण गर्न सकिरहेको छैन ।




प्रतिक्रिया