आजबाट नयाँ लाइसेन्सका लागी अनलाइन आवेदन खुला, कसरी दिने ?

आजबाट नयाँ लाइसेन्सका लागी अनलाइन आवेदन खुला, कसरी दिने ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – यातायात व्यवस्था विभागले मंगलबारदेखि नयाँ सवारीचालक अनुमति पत्र (लाइसेन्स) का लागी अनलाइन आवेदन खुला गरेको छ । यातायात व्यवस्था विभागको अनलाइन आवेदनबाट सेवाग्राहीहरुले नयाँ लाइसेन्सको लागी प्रक्रिया अघि बढाउन सक्नेछन् ।

यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालल आजदेखि पूर्णरुपमा अनलाइन आवेदन खुलेको बताए । सेवाग्राहीले यातायात व्यवस्था विभागको अनलाइन आवेदनबाट नयाँ लाइसेन्सको लागी प्रक्रिया अघि बढाउन सक्ने भएका छन्।

सेवाग्राहीले यातायात व्यवस्था विभाग साइट https://www.dotm.gov.np/ मा गएर नयाँ लाइसेन्सका लागी आवेदन दिन सक्नेछन् ।