अर्को हप्तादेखि लाइसेन्सको ट्रायल खुलाउने तयारी

अर्को हप्तादेखि लाइसेन्सको ट्रायल खुलाउने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र लाइसेन्सको ट्रायल अर्को हप्तादेखि खुलाउने तयारी गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सकारात्मक देखिएपछि विभागले अर्को हप्तादेखि ट्रायल खुलाउने तयारी गरेको हो ।

विभागले वैशाख १६ गतेदेखि ट्रायल परीक्षा स्थगित गरेको थियो । मंगलबार गरेको विभागको सिफारिसमा सीसीएमसी सकरात्मक देखियपछि ट्रायलको तयारी शुरु भएको जनाइएको छ ।