युरोपा लिगको क्वाटरफाइनलमा कुन क्लब कोसँग खेल्दैछ ?

युरोपा लिगको क्वाटरफाइनलमा कुन क्लब कोसँग खेल्दैछ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – युइएफए युरोपा लिगको क्वाटरफाइनलको ड्र सार्बजनिक भएको छ।

शुक्रबार सम्पन्न ड्र अनुसार युरोपा लिगको क्वाटरफाइनलमा एसी मिलानले आफ्नै इटालियन प्रतिद्वन्दी एएस रोमा प्रतिद्वन्दी पाएको छ। त्यसैगरी प्रिमियर लिग क्लब लिभरपुलले इटालियन क्लब एटलान्टा प्रतिद्वन्दी पाएको छ।

त्यसैगरी जर्मनी क्लब बायर लिभरकुसेनले प्रिमियर लिग क्लब वेस्ट ह्याम यूनाइटेड प्रतिद्वन्दी पाएको छ भने पोर्चुगलको क्लब बेनिफिकाले फ्रेन्च क्लब मार्सेली प्रतिद्वन्दी पाएको छ।

युइएफएका अनुसार युरोपा लिगका क्वाटरफाइनलका खेलको पहिलो लिगअप्रिल ११ मा खेलिने छ भने दोस्रो लिग अप्रिल १८ मा खेलिने छ।