काठमाण्डु – देशका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति पटक–पटक अवरुद्ध हुने तथा बत्ति झ्याप–झ्याप जाने समस्या बढ्दै गएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले समस्या समाधानका लागि सक्रियता देखाएको छ ।
मन्त्रालयले सहसचिवको अध्यक्षतामा विशेष कार्यदल गठन गरेको छ । कार्यदललाई विद्युत् अवरोधका कारणहरूको अध्ययन, समस्या समाधानका उपायहरूको कार्यान्वयन तथा जनताले भोगिरहेका समस्याको प्रभावकारी सम्बोधन भए/नभएको सुनिश्चित गर्ने जिम्मेवारी दिइएको छ ।
ऊर्जामन्त्रीले जनताको गुनासो र समस्या तत्काल सम्बोधन गर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिँदै लापरवाही वा कमजोरी देखिएमा आवश्यक कारबाहीको दायरामा ल्याउन समेत निर्देशन जारी गरेका प्रमुख स्वकीय सचिवले जनाएको छ ।
मन्त्रालयले विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र नियमित बनाउँदै उपभोक्ताको विश्वास कायम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।




प्रतिक्रिया