काठमाडौं – सरकारले मासिक १० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्तालाई महशुलमा छुटको व्यवस्था गरेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजनिक गर्दै १५० युनिटसम्म खपत गर्नेलाई २५ प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई १५ प्रतिशत महशुल छुट दिइने बताए ।
त्यस्तै खानेपानी र सिचाइ उपभोक्ता समितिले तिर्नुपर्ने विधुत शुल्क मिनाह र विद्युत महशुलमा सहुलियतको व्यवस्था गरेको छ ।
यस्तै कोभिड १९ का कारण प्रभावित उत्पादनमुलक उद्योगले लकडाउनअवधिभर विद्युतको डिमान्ड शुल्क छुट दिने र माग कम हुने समयमा विद्युतको खपतमा ५० प्रतिशत छुट दिने प्रबन्ध मिलाइएको छ ।




प्रतिक्रिया