चट्याङ लागेर दश जनाको मृत्यु

चट्याङ लागेर दश जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भुवनेश्वर – उडिसाका छ वटा जिल्लामा शनिबार चट्याङ लागेर दश जनाको मृत्युभएको छभने अन्य तीन जना घाइते भएका छन् ।

राज्यको जगतसिंहपुर, ढेनकनाल, अङ्गुल र बौद्ध जिल्लामा एक-एक, बोलाङ्गिरमा दुई र खोर्दा जिल्लामा चारजनाले ज्यान गुमाएका राज्य प्रकोप व्यवस्थापन आयुक्तको कार्यालयले जनाएको छ ।

गत वैशाखमा नयाँगढ जिल्लाको सरानाकुला क्षेत्रमा चट्याङ लागेर एक महिलासहित तीन जनाको मृत्यु भएको थियो ।-एएनआइ