पूर्वमन्त्री अधिकारी विरुद्धको रिट सर्वाेच्चमा दर्ता, मंसिर २३ गते प्रारम्भिक सुनुवाइ

पूर्वमन्त्री अधिकारी विरुद्धको रिट सर्वाेच्चमा दर्ता, मंसिर २३ गते प्रारम्भिक सुनुवाइ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोशी प्रदेशका पूर्वमन्त्री लीलावल्लभ अधिकारीलाई मानव तस्करी मुद्दामा पुनः पक्राउ गरी अनुसन्धान अघि बढाउन माग गरिएको रिट सर्वोच्च अदालतको इजलासको आदेशमा दर्ता गरेर पेशी तोकिएको छ ।

सर्वोच्च अदालत प्रशासनले दरपीठ गरी दर्ता गर्न अस्वीकार गरिएको रिट इजलासको आदेशमा दर्ता गरिएको निवेक वरिष्ठ अधिवक्ता दिनेशमणि त्रिपाठीले बताए । उनका अनुसार रिटको प्रारम्भिक सुनुवाइ मंसिर २३ गते हुनेछ ।

काठमाण्डु जिल्ला सरकारी वकिल कार्यालयले जापानमा मानव बेचविखन तथा ओसारपसार गरेको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री अधिकारीविरुद्ध मंसिर १० गते मुद्दा नचलाउने निर्णय गरेकोमा त्यसविरुद्ध रिट दायर भएको हो ।

मुद्दा नचलाउने गरी जिल्ला सरकारी वकिल कार्यालयले गरेको निर्णय प्रथम दृष्टिमै गैरकानूनी, बदनियतपूर्ण एवं स्वेच्छाचारी भएकोले उक्त निर्णय बदर गरी लीलावल्लभ अधिकारीलाई तत्काल पक्राउ गरी मुद्दा चलाउन आदेशको माग रिट निवेदनमा गरिएको छ ।