काठमाण्डु – राष्ट्रिय सभामा नवनिर्वाचित उपाध्यक्ष लिलाकुमारी भण्डारीले शपथ ग्रहण गरेकी छन् ।
मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहबिच अध्यक्ष नारायणप्रसाद दाहालबाट शपथ ग्रहण गरेकी हुन् ।
नेकपा एमाले सांसद भण्डारी सोमबार उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थइन् ।
सोमबार बसेको राष्ट्रियसभा बैठकमा सांसद प्रेमप्रसाद दंगालले प्रस्तुत गरेको सांसद भण्डारीलाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।
शपथ ग्रहणलगत्तै उनले मंगलबार सिंहदरबार पुगेर पदबहाली गरेकी छन् ।




प्रतिक्रिया