लीलाबल्लभ अधिकारी कोसी प्रदेशसभाबाट निलम्बित

लीलाबल्लभ अधिकारी कोसी प्रदेशसभाबाट निलम्बित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-कोसी प्रदेश सरकारका पूर्वमन्त्री तथा एमाले नेता लीलाबल्लभ अधिकारी पक्राउ परेको विषयमा कोसी प्रदेशसभाले सूचना टाँस गरेर जानकारी दिएको छ ।

प्रदेश सभाले प्रदेशसभा नियमावलीको नियम १९० को उपनियम २ अनुसार जानकारी दिएको हो । मानव बेचबिखनको आरोपमा अनुसन्धानका लागि प्रहरीले आइतबार अधिकारीलाई विराटनगरबाट पक्राउ गरि काठमाडौं ल्याएको छ ।

उनलाई यसअघि एमालेले पार्टीको सबै जिम्मेवारीसहित साधारण सदस्यबाट पनि निलम्बन गरिसकेको छ । प्रदेश सभाले सूचना टाँस गरेर जानकारी दिएसँगै अधिकारी कोसी प्रदेश सांसदबाट निलम्बित भएका छन् ।

उनी मोरङको निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट २०७९ को निर्वाचनमा विजयी भएका थिए । उक्त क्षेत्रबाट उनी दुई पटक विजयी भइसकेका छन् ।