साइबर बुलिङ सम्बन्धी छुट्टै कानुन निर्माण गर्नु आवश्यक छ : उपाध्यक्ष भण्डारी

साइबर बुलिङ सम्बन्धी छुट्टै कानुन निर्माण गर्नु आवश्यक छ : उपाध्यक्ष भण्डारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय सभामा नवनिर्वाचित उपाध्यक्ष लिलाकुमारी भण्डारीले पदभार ग्रहण गरेकी छन् ।

मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहबिच अध्यक्ष नारायणप्रसाद दाहालबाट शपथग्रहण गरेलगत्तै उनले सिंहदरबार पुगेर पदभार ग्रहण गरेकी हुन् ।

पदभार ग्रहणपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले साइबर बुलिङ सम्बन्धी छुट्टै कानुन निर्माण गर्न आवश्यक रहेको बताइन् ।

महिलालाई समाजमा बाँच्नै नसक्ने गरी हतियारको रूपमा सामाजिक सञ्जालको नकारात्मक रूपमा प्रयोग भएको भन्दै उनले मर्यादित समाज बनाउनका लागि पनि साइबर बुलिङ सम्बन्धी छुट्टै कानुन निर्माण गर्न आवश्यक रहेको बताइन् ।

उनले भनिन्, ‘समाजमा बाँच्नै नसक्ने गरी अहिलेको अर्को हतियार नकारात्मक रूपमा महिलामाथि प्रयोग भएको छ । महिलाको जीवन सिध्याउन उसको चरित्रमाथि प्रश्न गरिदिए पुग्छ । यो साइबर बुलिङ सम्बन्धी कानुन नै बनाएर जुन आपराधिक क्रियाकलाप भइरहेको छ, त्यसको लागि सरकाले चाँडै सोच्ने छ । मर्यादित समाज बनाउने हो भने यस सम्बन्धी कानुन नै बनाउनुपर्छ जस्तो लाग्छ ।’

राष्ट्रिय सभाको काम कारवाहीलाई सहजीकरण गर्ने, अध्यक्षलाई सहयोग गर्ने, सभालाई सशक्त र मर्यादित सभा बनाउन आफ्नो भूमिका रहने उनले जानकारी दिइन् । सभाको गरिमालाई मध्यनजर गरेर अनुशासितपूर्वक काम कारवाही अगाडि बढाउने विशेष योगदान आफ्नो हुने उनले जानकारी दिइन् ।

‘राष्ट्रिय सभाको काम कारवाहीलाई सहजीकरण गर्ने, अध्यक्षलाई सहयोग गर्ने, सभालाई सशक्त, मर्यादित सभाको आफ्नो कर्तव्यतिर सहयोग गर्न मेरो आफ्नो भूमिका हुनेछ । सभाको गरिमालाई मध्यनजर गरेर अनुशासितपूर्वक अध्यक्षपछि मैले काम कारवाही अगाडि बढाउने विशेष योगदान हुनेछ,’ उनले भनिन् ।