एमाले लुम्बिनी संसदीय दलको नेताबाट गिरीको राजीनामा

एमाले लुम्बिनी संसदीय दलको नेताबाट गिरीको राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल – नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता लिला गिरीले पदबाट राजीनामा दिएका छन् । गिरीले आफूले राजीनामा दिएको पत्र गिरीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पठाएका छन् । आफूले दिएको राजीनामा अध्यक्ष ओलीले स्वीकृत नगरेको उनले बताए ।

गिरीले मुख्यमन्त्री नियुक्तिका सन्दर्भमा संसदीय विधि, पद्दति भन्दा बाहिर गएर निर्णय भएको भन्दै राजीनामा दिएको बताएका छन् । एमालेको कुनै पनि समितिले मुख्यमन्त्री नियुक्तिबारे बैठक बसेर निर्णय गरेको छैन ।

महासचिव शंकर पोखरेलको जोडबलमा उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेपछि गिरी रुष्ट छन् ।

गिरी आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्न कांग्रेस र एमालेका नेताहरु प्रदेश प्रमुखको कार्यालयमा जाँदा र आज सपथ लिने कार्यक्रममा गएनन् ।