सरिता गिरी कारबाहीमा पर्दा लीला सिटौलाको भाग्य खुल्यो

सरिता गिरी कारबाहीमा पर्दा लीला सिटौलाको भाग्य खुल्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – समाजवादी पार्टीले सरिता गिरीलाई सांसदबाट बर्खास्त गरेपछि लीला सिटौलाको भाग्य खुलेको छ । ललितपुरकी स्थायी बासिन्दा रहेकी सिटौला गिरीभन्दा तल्लो लाइनमा थिइन् ।

खस आर्य महिला समानुपातिक कोटाबाट सांसद बनेकी गिरीको स्थानमा सिटौला स्वतः सांसद बन्ने लाइनमा छिन् । अब उनी प्रतिनिधिसभा सदस्य बन्ने भएकी हुन् ।

समाजवादीका एक नेताले दिएको जानकारीअनुसार सिरहा निवासी गिरी बर्खास्त भएसँगै सिटौला सांसद बन्नेछिन् । समाजवादी पार्टीकी केन्द्रीय सदस्य रहेकी सिटौला लामो समयदेखि पार्टीमा आबद्ध छिन् ।

आयोगले पनि समानुपातिकमा गिरीभन्दा पछाडि जो छ उसैलाई सांसद बनाउने स्पष्ट व्यवस्था रहेको जनाएको छ।