काठमाण्डु – समाजवादी पार्टीबाट लीलादेवी सिटौला सांसदमा निर्वाचित भएकी छन् । निर्वाचन आयोगले सरिता गिरीको ठाउँमा सिटौलालाई प्रतिनिधिसभा सदस्य निर्वाचित भएको घोषणा गरेको हो ।
समाजवादी पार्टीले समानुपातिक पद्धति अन्तर्गत निर्वाचित गर्नुपर्ने खस/आर्य समूहको रिक्त भएको महिला सदस्यमा सिटौलाको नाम सिफारिस गरेको थियो ।
सिटौलालाई सभामुख अग्नी सापकोटाले सांसदको रुपमा छिट्टै शपथ ग्रहण गराउने छन् ।
गिरीले देशको भौगोलिक अखण्डतासँग सम्बन्धित निशान छाप परिवर्तनका लागि भएको संविधान संशोधनसम्बन्धी प्रस्तावमा मतदान गर्ने पार्टीको ह्वीप उल्लङ्घन गरेको भन्दै समाजवादी पार्टीले उनलाई सांसद नरहने गरी कारबाही गरेको थियो ।




प्रतिक्रिया