लीलादेवी गडतौलाले पाइन् निमित्त मुख्यसचिवको जिम्मेवारी

लीलादेवी गडतौलाले पाइन् निमित्त मुख्यसचिवको जिम्मेवारी


काठमाण्डु- प्रधानमन्त्री कार्यालयकी वरिष्ठ सचिव लीलादेवी गडतौलाले निमित्त मुख्य सचिवको जिम्मेबारी पाएकी छन्।

विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएसँगै मुख्यसचिव डा. वैकुण्ठ अर्याल स्वतः निलम्बनमा परेपछि गडतौलाले निमित्त मुख्य सचिवको जिम्मेबारी पाएकी हुन् । यससँगै निमित्त मुख्य सचिवको जिम्मेबारी पाउने पहिलो महिला लीलादेवी बनेकी छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका सचिवहरुमध्ये उनी वरिष्ठ हुन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव रहँदा सुरक्षण मुद्रण केन्द्रको अन्तःशुल्कको स्टिकर खरिदमा करोडौं रुपैयाँ अनियमितता गरेको भन्दै अख्तियारले अर्यालसहितलाई आइतबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

यो पनि पढ्नुहोस्, यस्तो छ अख्तियारले मुख्यसचिव अर्यालमाथि भ्रष्टाचार मुद्दा लगाउनुको कारण