ओलीलाई आत्मसमर्पण गर्न बाध्य पार्छौंः लीलामणि पोखरेल

ओलीलाई आत्मसमर्पण गर्न बाध्य पार्छौंः लीलामणि पोखरेल


काठमाण्डु – नेकपा प्रचण्ड–नेपाल समूहका नेता लीलामणि पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेशको अपमान गरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभा विघटन कदमविरुद्ध नेकपाले गरेको विरोध प्रदर्शनमा बोल्दै नेता पोखरेलले सो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले जनादेशको अपमान गरेको भन्दै उनले आफूहरुले जनादेशको अपमान नगर्ने र कुनै कमजोरी भएमा त्यसका लागि माफी माग्ने समेत बताए ।

‘देशघाती, जनघाती, पार्टीघाती र संविधानघातीहरुलाई आत्मसमर्पण गर्न बाध्य पार्नेछौं । कबुल गर्छौं कि हामी गल्ती गर्ने छैनौं, गल्ती गरेका छौं भने पनि जनतासँग माफी माग्न तयार छौं’ उनले भने ।

पोखरेलले प्रधानमन्त्री भएपछि ओलीले पार्टी र जनता सबैमाथि घात गरेको बताए । ‘नेपाली जनताको विश्वासले पुरा गर्न दिएको जिम्मेवारी केपी ओलीले उल्लंघन गरेका छन्,’ उनले भने, ‘संसद् विघटनसँगै जनयुद्ध र जनआन्दोलनका उपलब्धिहरु छायामा परेका छन् ।’