धर्म निरपेक्षताको आडमा भइरहेका अवाञ्छित क्रियाकलाप रोकिनुपर्छ: राजेन्द्र लिङ्देन

धर्म निरपेक्षताको आडमा भइरहेका अवाञ्छित क्रियाकलाप रोकिनुपर्छ: राजेन्द्र लिङ्देन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सोमबार धरानस्थित पिण्डेश्वर मन्दिरमा आयोजित धार्मिक पदयात्रामा सहभागी भएका छन् ।

हिन्दुराष्ट्र पुनःस्थापनाका लागि भन्दै साउनको दोस्रो सोमबार धरानमा आयोजित पदयात्रापछि बोल्दै अध्यक्ष लिङ्देनले साउन महिनादेखि शुरु हुने गरी पार्टीले नविन राप्रपा कार्ययोजना लागू गरेको बताउँदै यस योजना कार्यान्वयनका लागि देशका सबै स्थानीय तहमा ९०० जना नेताहरू परिचालित भएको बताए ।

‘मेरो कार्यक्षेत्र धरान उपमहानगरपालिका परेको छ’, आजैबाट कार्य प्रारम्भ गरेको छु,’ उनले भने। उनले संगठनात्मक कार्ययोजना शुरु गर्ने क्रममा धरान उपमहानगरपालिका वडा नं १४को विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा धार्मिक गतिविधिमा सहभागी भएको समेत बताए।

धर्म निरपेक्षताले देशको दीर्घकालीन हित असम्भव छ, नेपालको स्वतन्त्रता, पहिचान, एकता, सामाजिक सदभावका लागि हिन्दुराष्ट्र अपरिहार्य छ, धर्म निरपेक्षले देश बर्बाद पार्ने देखेर नै आफू किराँत धर्मावलम्बी भएर पनि हिन्दुराष्ट्रको वकालत गरिरहेको लिङ्देनले बताए। उनले धर्म निरपेक्षताको आडमा भइरहेको अवाञ्छित गतिविधि नियन्त्रण गरिनुपर्ने बताएका छन् ।