काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले प्रतिनिधिसभाको रोष्ट्रमममै भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातेका छन्। मंगलबार प्रतिनिधिसभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिन रोष्ट्रममा पुगेका लिङ्देनले बजेट पुस्तिका च्यातेका हुन्।
‘सामान्यतया म आफूलाई हेर्दा कम आक्रोश पोख्ने, कम रिसाउने मान्छे हो। रिस उठ्छ कहिलेकाहीँ तर एकछिनपछि सेलाउने र मन बुझाउने ठान्छु। तर, जब भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका हातमा पर्यो त्यो दिनदेखि म यसरी तातिएको छु कि यसरी च्यातेर हुर्याउने मन छ। तर, यो संसदीय मर्यादा विपरीत हुन्छ भनेर कहाँ हुर्याउनुपर्ने त्यहाँ नहुर्याएर यहाँ (पोडियम)मा राख्छु मैले । यो मेरो मनको मात्र कुरा होइन, संसद् बैठकमा बसेका जुनसुकै पार्टीका ४ वटा निर्वाचन क्षेत्रबाहेकका सबै प्रतिनिधिसभाका सदस्यहरूको मनको कुरा हो।’, उनले भने ।
अर्थमन्त्री वर्षमान पुनले गत जेठ १५ गते सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमाथि अहिले संसद्मा मन्त्रालयगत छलफल भइरहेको छ।




प्रतिक्रिया