सीमा अतिक्रमणलाई अन्तर्राष्ट्रियकरण गर्न माग

सीमा अतिक्रमणलाई अन्तर्राष्ट्रियकरण गर्न माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरी भारतले सडक बनाएको भन्दै आक्रोशित सांसदहरूले भने यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न माग गरेका थिए। आफ्नो सीमा मिचेर भारतले सडक खन्दा पनि बेलैमा ध्यान नदिएको भन्दै उनीहरूले सरकारप्रति असन्तुष्टि जनाए।

पूर्वउपप्रधान तथा रक्षामन्त्री एवं नेकपा नेता भीम रावलले नेपाली भूमि भारतले अतिक्रमण गरेकोमा निन्दा र भत्र्सना गर्दै अन्तर्रा्ष्ट्रिय कानुन र असल छिमेकी नीतिविपरीत भारतले नेपाली भूमि कब्जा गरेको बताए। नेपाली भूमि समेटेर नक्सा सार्वजनिक नगरेकोे भन्दै सरकारप्रति पनि असन्तुष्टि जनाए। नेकपाकै सांसद कृष्णभक्त पोखरेलले नेपाली भूमि फिर्ता गर्न भारतले नचाहे नेपालले संयुक्त राष्ट्रसंघ र अन्तर्रा्ष्ट्रिय अदालत जानुपर्ने सुझाव दिए।

प्रमुख विपक्षी दल कांग्रेसका सांसद एवं पूर्वमन्त्री गगन थापाले नेपाली भूमि मिचेर भारतले सडक बनाएको भन्दै त्यसको प्रतिवाद गर्नुपर्ने बताए। भारतको दादागिरी र चीनको अन्यायको प्रतिरोध गर्न सिंगो नेपालीलाई साथमा लिएर कांग्रेस सबैभन्दा अगाडि रहने थापाले बताए।

पूर्वगृहमन्त्री एवं नेकपा नेता जनार्दन शर्माले डिप्लोमेटिक नोट मात्र काफी नहुने भन्दै भारतसँग सबै उपाय अपनाउनुपर्ने बताए ।परराष्ट्रमन्त्री ज्ञवालीले सीमा समस्याको कूटनीतिक समाधान खोज्न भारत सरकारसँग पहल भइरहेको बताए। सीमा अतिक्रमणको विषयलाई तत्कालै अन्तर्राष्ट्रियकरण गर्ने विषयमा सरकार नपुगेको भन्दै उनले द्विपक्षीय कूटनीतिक प्रयासबाट समस्या समाधान गर्नेतर्फ प्रतिबद्ध रहेको बताए पनि राष्ट्रिय सभाका सांसदहरूले पनि अन्तर्राष्ट्रियकरण गर्न माग गरे।

‘सुगौली सन्धिमा हामीले जहाँ हस्ताक्षर ग‍¥यौँ, हामीले त्यही भूमि खोजेका हौँ, हामीले बढी खोजेका होइनौँ, कोभिड–१९ को संकटको अवस्थामा भारतको यस कदमले दुःखित तुल्याएको छ’, उनले भने। मन्त्री ज्ञवालीले भारतले एकपक्षीय रूपमा सीमा हेरफेर गरेको विषय नेपाललाई मान्य नभएको समेत बताए।  यो समाचार आजको अन्नपूर्णपोस्ट दैनिकमा छ।