लिपुलेकमाथि भारतले गरिरहेको दावाबारे वार्ता गर्न कांग्रेस उपसभापति गुरुङको माग

लिपुलेकमाथि भारतले गरिरहेको दावाबारे वार्ता गर्न कांग्रेस उपसभापति गुरुङको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले भारतसँग वार्ता गर्न सरकारलाई आग्रह गरेका छन् ।

पृथ्वी जयन्तीका अवसरमा ट्वीट गरेका गुरुङले भारतले लिपुलेकसम्म सडक बनाइरहेको विषयलाई ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भूमी लिपुलेकमाथि गरिरहेको दावा’ भनेका छन् ।

यस विषयमा नेपाल सरकारले भारतीय सरकारलाई कुटनैतिक नोट पठाएर तुरुन्त वार्तासमेत गर्न जरुरी रहेको उपभापति गुरुङले सरकारसँग माग गरेका छन् ।

उनले लेखेका छन्, ‘पृथ्वीनारायण शाहलाई सम्झौं । पृथ्वीनारायण शाहप्रति सम्मान गरौं । विदेशी अतिक्रमणबाट देशलाई जोगाऔँ ।’