लिभरपुलले जित्यो सुपर कपको उपाधि


एजेन्सी – चेल्सीलाई हराएर लिभरपुलले युइएफए सुपर कपको उपाधि जितेको छ। च्याम्पियन्स लिग विजेता समेत रहेको लिभरपुलले चेल्सीलाई टाईब्रेकरमा ५–४ गोलले हराउँदै उपाधि जितेको हो ।

बुधबार राति भएको निधारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । अतिरिक्त समयमा पनि २–२ गोलको बराबरीमा सकिएपछि खेलको नजिता टाईब्रेकरबाट निकालिएको थियो ।

खेलमा सुरुवाती अग्रता चेल्सीले लिएको थियो । ३६औं मिनेटमा ओलिभर गिरोडले गोल गर्दै चेल्सीको उत्साह बढाए । उनले क्रिस्टियन पुलिसिकको पासमा पोस्ट् नजिकबाट गोल गरेका थिए । त्यसपछि जोसिएको लिभरपुलले दोस्रो हाफको सुरुवातमा बराबरी गोल फर्कायो ।

४८औं मिनेटमा लिभरपुलका साडियो मानेले बराबरी गोल गरे । अतिरिक्त समयको ९५औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई अगाडी बढाए । १०१औं मिनेटमा चेल्सीले पेनाल्टीको अवसर पायो । उक्त पेनाल्टीलाई जर्जिन्होले सदुपयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement