लोअर चमेलिया जलबिधुत आयोजना सञ्चालनमा ल्याउदै प्रदेश सरकार

लोअर चमेलिया जलबिधुत आयोजना सञ्चालनमा ल्याउदै प्रदेश सरकार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी – प्रदेश सातका अर्थमन्त्री झपट बोहोराले लोअर चमेलिया जलबिधुत आयोजना सञ्चालन गर्ने तयारी गरीरहेको जानकारी दिएका छन् । जल बिधुत आयोजनालाई अगाडी बढाउन सरकारले प्रदेश जलबिद्युत बोर्डको पनि स्थापना गरिने भएको हो ।

मन्त्री बोहोराले ५० देखी १०० मेघावाट सम्मका जल बिद्युतका योजनालाई प्रदेश सरकारले नै बनाउने गरी केन्द्र सरकारले अख्तियारी प्रदान गरेपछी प्रदेश सरकार आफ्नै लगानीमा यही आर्थिक बर्षबाट काम शुरु गर्दै छौं । प्रदेशकै गौरबको योजनाको रुपमा लोअर चमेलियालाई प्रदेश सरकारले बनाउने तयारी गरेको छ, उनले भने ।

मंगलबार धनगढीमा पत्रकारहरुसंग कुराकानी गर्दै बोहोराले भने निजी क्षेत्रलाई अप्ठायारो नपर्ने गर्ने प्रदेशका सबै जिल्लाहरुमा बस सेवा सन्चालन गर्ने, धार्मिक पर्यटन गतिबिधी बढाउन प्रदेश पर्यटन बोर्ड गठन गर्ने, जडीबुटी प्रशोधन केन्द्र खोल्नको लागी १० करोड रकम बिनियोजित गरिएको जानकारी दिए।

त्यस्तै प्रदेश सातका पाहाडी जिल्लामा रहेका १६ वटा निर्बाचन क्षेत्रमा एम्बुलेन्स सेवा र मिनी अप्रेशन थिएटर पनि सन्चालनमा ल्याउने, प्रदेश सातमा रहेका ८८ वटा स्थानिय तहमा सहुलियत दरका सुपथ पसलहरु पनि सन्चालनमा ल्याउने तयारी गरीरहेको बताए।

अहिलेको बजेटमा ९४ प्रतिशत केन्द्र सरकारको अनुदानमा भर पर्नु पर्ने भएकोले ६ प्रतिशत मात्रै आफ्नो बित्तीय स्रोतबाट जुटाउनु पर्ने उनको भनाई रहेको छ । उनले कर्मचारी सन्यन्त्रको अभाबले बजेट कार्यान्वयनको समस्या भएपनी श्राबण महिना भित्र कर्मचारी नआए प्रदेश सरकारले नै लोकसेवा मार्फत कर्मचारी भर्ना गर्ने जानकारी दिए ।