लब्ली प्रोफेसनल युनिभर्सिटीको नेपाल एडमिसन कार्यलय उद्घाटन

लब्ली प्रोफेसनल युनिभर्सिटीको नेपाल एडमिसन कार्यलय उद्घाटन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  – भारतको नीजि क्षेत्रको सबैभन्दा ठुलो विश्वविद्यालय लब्ली प्रोफेसनल युनिभर्सिटी (एलपियू)ले आफ्नो एडमिसन अफिस काठमाडौंको बागबजारमा स्थापना गरेको छ । एलपयिू ले रोहिनी एजुकेसन एण्ड भिसा सर्भिसेज संग सहकार्य गरि आफ्नो कार्य आरम्भ गरेको हो । शनिवार आयोजित एक कार्यक्रमका बिच एलपियूका एडिसनल डाइरेक्टर अमन मित्तल तथा ईक्यानका अध्यक्ष बिष्णुहरी पाण्डेले उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै केहि संस्थाहरुले सहि सूचना र परामर्श नदिंदा समग्रमा यो क्षेत्र बदनाम भएको तर यसको वास्तविकता त्यस्तो भने नभएको नेपाल शैक्षिक परामर्श संघ का अध्यक्ष बिष्णुहरी पाण्डेले बताए । अहिले नेपाल बाट सबैभन्दा बढि विद्यार्थी भारत अध्ययनका लागी गएको तर यसको तथ्याङ्क भने नरहेको उनले दावि गरे ।
कार्यक्रममा बोल्दै संविधान विद तथा काठमाडौं विश्वविद्यालय स्कुल अफ ल का डिन डा. विपिन अधिकारीले शिक्षाको सर्टिफिकेटले नभएर गुणस्तरले मापन हुने बताए । उनले आवस्यकता हेरेर आफ्नो लागी सहि संस्था चुन्नुपर्ने जनाए ।

कार्यक्रममा बोल्दै एलपियुका एडिसनल डाईरेक्टर अमन मित्तलले नेपालका विद्यार्थीहरुलाई छात्रबृत्ती दिईने तथा नेपालका विद्यार्थीका लागी यो राम्रो अवसर हुने बताए । कार्यक्रममा बोल्दौ भारतीय राजदुतावासका शिक्षा तर्फका द्वितीय सचिब निरज जैसवालले एलपियू नेपाली विद्यार्थीहरुकालागी निक्कै उपयोगी हुने समेत बताए ।