काठमाण्डु- स्थानीय तह उपनिर्वाचनको मत गणनाको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । जारी गणनामा अहिलेसम्म ३७ स्थानको मतपरिणाम सार्वजनिक भइसको छ ।
रूकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्षका लागि भएको उपनिर्वाचनको मतगणना जारी छ । त्यस्तै उदयपुरको बेल्का नगरपालिका ९ मा भएको वडाअध्यक्षको उपनिर्वाचनको मत गणनामा धेरै मत बदर देखिएपछि गएरातिदेखि गणना स्थगित भएको छ ।
कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि भएको उपनिर्वाचनको मत गणना जारी छ । त्यस्तै दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षको नतिजा पनि आउन बाँकी छ ।
पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसले सबैभन्दा धेरै १६ वटा वडा जितेको छ । कांग्रेसले जितेका १९ वडाध्यक्ष रिक्त भएका थिए । त्यस्तै कांग्रेसले २ गाउँपालिका अध्यक्ष,एक उपाध्यक्ष र एक उपमेयर भने गुमाएको छ ।
माओवादी केन्द्रले एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्षसहित ६ वडा जितेको छ । परिणाम अनुसार माओवादी दोस्रो स्थानमा छ भने एमालेले एक पालिका अध्यक्ष, एक उपाध्यक्षसहित ५ वडा जितेर तेस्रो स्थानमा छ ।
जनता समाजवादी पार्टी, नेपालले २ वडाध्यक्ष जितेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, स्वतन्त्रले एक एक स्थानमा विजयी भएको छ ।




प्रतिक्रिया