स्थानीय निर्वाचन : आज यी क्षेत्रमा हुँदैछ मतदान

स्थानीय निर्वाचन : आज यी क्षेत्रमा हुँदैछ मतदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्थानीय तह निर्वाचन अन्तर्गत ३० वैशाखमा स्थगित भएका क्षेत्रमा पुनः मतदान भइरहेको छ । सोमबार केही क्षेत्रमा मतदान भएकोमा आज सोेमबार काभ्रे, कञ्चनपुर, बाजुरा र अछाममा मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार आज काभ्रेको पाँचखाल नगरपालिका–१३ को श्रीराम मावि मतदान केन्द्र, कञ्चनपुरको पुनर्वास नगरपालिका–१० को विजय मावि मतदान केन्द्र, बाजुराको बुढीनन्दा नगरपालिका–८ को पिस क्रियटर एकेडेमी मतदान केन्द्र र अछामको पञ्चदेवल विनायक नगरपालिका–५ को नवज्योति मावि मतदान केन्द्रमा मतदान हुँदैछ ।

मंगलबार तनहुँको व्यास नगरपालिका–८ को भवन फेदी मतदान केन्द्रमा पुनः मतदान हुँदैछ । पुनः मतदान गर्नुपर्ने अन्य मतदान केन्द्रमा पनि केही दिन भित्रमा मतदान गर्ने गरी सूचना प्रकाशन हुने आयोगले जनाएको छ । गत शुक्रबार भएको मतदानका क्रममा विभिन्न स्थानमा झडपको अवस्था सिर्जना भएपछि मतदान स्थगित भएको थियो ।