स्थानीय निर्वाचन : स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय खोलिने

स्थानीय निर्वाचन : स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय खोलिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले स्थानीय तहको चुनावको मिति तोकेसँगै निर्वाचन आयोगले तयारी तीव्र पारेको छ । आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहलाई पत्राचार गरेर व्यवस्थापनका लागि विवरण माग गरेको छ ।

आयोगले चुनावका लागि आवश्यक पर्ने भवन, सवारी साधन, फर्निचर तथा अन्य भौतिक साधनको अवस्थाबारे विवरण मागेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

आयोगले सबै स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने भएको छ । त्यसका लागि मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय राख्न भवनको विवरण माग गरेको हो । स्थानीय तहलाई कम्तिमा तीन वटा भवनको विवरण माघ मसान्तभित्र पठाइदिन आग्रह गरिएको छ ।

आयोगले कम्तिमा दुई महिना स्थानीय तहमै मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय स्थापन गर्ने भएको छ । यससँगै चालु अवस्थामा रहेका कम्प्युटर, स्क्यानर र प्रिन्टरको पनि सम्बन्धित स्थानीय तहले नै व्यवस्था गर्नुपर्ने भएकाले पत्राचार गरिदिन मन्त्रालयलाई आग्रह गरेको छ ।