निर्वाचनको तयारीमा जुट्यो निर्वाचन आयोग


काठमाण्डु – निर्वाचन आयोगले सरकारले स्थानिय निर्वाचनको मिति घोषणा गर्नासाथ कार्यतालिका सार्वजनिक गर्न बताएको छ । निर्वाचनसम्बन्धी सम्पूर्ण तयारी जारी राखेको भन्दै आयोगका प्रवक्ता शालिग्राम पौडेलले कार्यतालिका भने सरकारले निर्वाचन मिति घोषणा गर्नासाथ सार्वजनिक गरिने बताए ।

उनले निर्वाचन मिति घोषणा भएपछि अर्थ मन्त्रालयमार्फत बजेट पास गरिने बताए । आयोगले स्थानीय निर्वाचनका लागि १२ अर्ब बजेट आवश्यक पर्ने अनुमान सहितको प्रस्ताव सरकारलाई गरेको छ ।

जेठ ४ गते बुधबार स्थानीय तहको निर्वाचन एक साथ गर्नुपर्ने प्रस्ताव सरकार समक्ष पेश गर्दै आयोगले यस्तो अनुमान गरेको हो । साथै आयोगले एकै चरणमा निर्वाचन नभए खर्च थप हुने अनुमान समेत गरेको छ । स्थानीय तहको निर्वाचन व्यवस्थापनका लागि कानुन बमोजिम आयोगले तयारी गनुपर्ने हुन्छ ।

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आयोगले मतदाता संकलन, मतदानस्थलहरुको पुनरावलोकन र निर्धारण, दातृ निकायसँग समन्वय गर्ने तथा निर्वाचन सम्पन्न गर्न आयश्यक पूर्व तयारीका अन्य कार्यहरु निरन्तर गरिहेको प्रवक्ता पौडलले जानकारी दिए ।

साथै आयोगले प्रस्ताव गरे अनुसार सरकारले निर्वाचन मिति तोकेमा स्थानीय निर्वाचन सम्पन्न गर्न आयोग तयारी अवस्थामा रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement