काठमाण्डु – काठमाण्डुको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले पछिल्लो मतपरिणामअनुसार १५ हजार भोट पाएका छन् । महानगरको जारी मतगणनाको परिणामअनुसार बालेनले एमालेका मेयर पदका उम्मेदवार केशव स्थापितभन्दा ७ हजार १ सय १४ मत बढी ल्याएका छन् । अहिले वडा नम्बर पांचको मतगणना सम्पन्न भएको छ ।
अहिलेसम्म ३९ हजार ५ सय २० भोट गणना हुँदा बालेनले १५ हजार ४ सय २, स्थापितले ८ हजार २ सय ८८ र कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले ७ हजार २ सय ९० भोट ल्याएकी छन् ।




प्रतिक्रिया